३० चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काएपछि चीनका राष्ट्रपति सी चिनफिङले पहिलो पटक त्यसबारे बोलेका छन् ।
शुक्रबार सीले भन्सार युद्धबारे पहिलो पटक बोल्दै चीनको विकास कहिल्यै पनि अरूको भीखमा निर्भर नभएको बताएका छन् । चीनको विकास जहिल्यै पनि आत्म–निर्भर्ता र कडा परिश्रममा भर परेको छ। अरूको भीखमा कहिल्यै पनि भर परेको छैन,’ सीले भने ।
चीन कहिल्यै पनि अरूको अन्यायपूर्ण दमनबाट नडराएको पनि सीले औंल्याएका छन् । पहिलो कार्यकालमा पनि चीनसँग व्यापार युद्ध सुरू गरेका ट्रम्पले दोस्रो कार्यकालमा यसलाई झन् धेरै चर्काएका छन्।
पहिले ट्रम्पले चिनियाँ उत्पादनमा भन्सार बढाउने अनि चीनले त्यसको जबाफ दिने क्रम पटक(पटक हुँदा अब चीनलाई घटीमा १४५ प्रतिशत र अमेरिकालाई १२५ प्रतिशत भन्सार लाग्नेछ।