|  

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल सजाय हुने

३० चैत्र, काठमाडौं । अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले एलियन दर्ता ऐन अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुने भएको छ ।

संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले संघीय सरकारमा दर्ता गर्नुपर्ने ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लाभेटले जानकारी दिइन् ।  यसो नगरे  जरिवाना, जेल वा दुवै सजाय हुने बताइएको छ । 

क्यारोलिनले भनिन्, ‘राष्ट्रपति ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने तपाईंलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुनेछैन।’यसैबीच अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकहरूलाई पनि यस ऐन अन्तर्गत दर्ता गर्न भनिएको थियो।