३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विश्व डरलाग्दो अवस्थामा अघि बढेको बताएका छन् ।
अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको ट्यारिफ युद्ध निकै खतरनाक भएको बताउँदै उनले यसबार नेपाल अछुतो रहन नसक्ने बताएका हुन । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने उनको बुझाइ छ । उनले यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपालको स्वास्थ्य संस्थामा कसरी सुलभ सेवा दिने भन्नेबारे पनि सोच्नु पर्ने बेला भएको उनको भनाइ छ । उनले नेपालका स्वाथ्य संस्था कसरी आफ्नै खुट्टामा उभिने भन्ने बारे सिक्नुपर्ने बताए ।