३० चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आफ्नो नाफा सार्वजनिक गरेको छ ।
४३ औं वार्षिक साधारण सभामा निगमले ९ अर्ब ५५ करोड नाफा कमाएको जानकारी दिएको हो । निगमले आर्थिक वर्ष २०८०÷८१ मा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेको थियो भने ३ खर्ब ६४ अर्ब ५२ करोड वरावरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । उक्त आर्थिक वर्ष २०८०र८१ मा निगमले ९ अर्ब ५५ करोड नाफा कमाएको छ । अहिले निगमलाई ग्यास बिक्री गर्दा घाटा रहे पनि त्यो घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट उठाइरहेको छ ।