३० चैत्र, काठमाडौं । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ ।
तिनाउ गाउँपालिका ३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो ।
बुटबलबाट पाल्पाको भैरवस्थान तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ज०२७६ नम्बरको कार माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षति भएको छ ।कारमा सवार यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।