|  

विराटनगर मेयर कप अन्तरपालिकाका टी-२० को फाइनलमा प्रवेश

३० चैत, काठमाडौं । साविक विजेता विराटनगर महानगर क्रिकेट टोली इटहरीमा जारी मेयर कप अन्तरपालिकास्तरीय टी-२० क्रिकेटको फाइनलमा पुगेको छ ।

दोस्रो संस्करणअन्तर्गत आज इटहरीस्थित जनता क्रिकेट पार्कमा आज सम्पन्न सेमिफाइनलमा दमक नगरपालिकालाई ८ विकेटले स्तब्ध बनाउँदै विराटनगरले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिङ गरेको दमकले १८ दशमलव ३ ओभरमा अलआउट हुदैैं ८९ रनको सामान्य योगफल बनाएको थियो । 

 त्यसैगरी, निर्धारित लक्ष्य विराटनगरको टोलीले १० दशमलव २ ओभरमा २ विकेटको क्षतिमा ९० रन बनाएर पुरा गरेको थियो । जित हात पारेको साविक विजेता विराटनगरले भोलि हुने फाइनलमा इटहरीको रातो टोलीसँग भिड्नेछ ।