|  

विकास थारूको गीत ‘तम्रो माया ओए सुवा’ सार्वजनिक

३० चैत, काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन-६ का प्रतिस्पर्धी विकास थारूको नयाँ गीत ‘तम्रो माया ओए सुवा’ सार्वजनिक भएको छ ।

उक्त गीत आर-प्रोडक्सन युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो। गीतमा विकास र सोनु कुश्मीको आवाज छ । गीतमा शब्द र संगीत राज कुश्मीको रहेको छ भने म्युजिक एरेन्ज गणेश चौधरीको छ । म्युजिक भिडियोको सम्पादन वीरबहादुर थारूले गरेका हुन्। गीत नेपाली र थारू भाषामा छ । विकास भ्वाइस अफ नेपालको टप-९ मा पुगेका छन्। बर्दियाका उनी दृष्टिविहीन हुन ।