३० चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसी र पोखरा थन्डर्सले अंक बाँडेका छन ।
आज भएको पहिलो खेलमा झापा एफसी र पोखरा थन्डोर्सले १-१ गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफ शून्य बराबरी हुँदा दोस्रो हाफमा दुवै टोलीले एकएक गोल गरेका हुन् । आजको दोस्रो खेल ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी बीच हुनेछ ।