|  

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृ#त्यु

३१ चैत्र, काठमाडौं ।  भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गए राति भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेका छन् ।