|  

टी-२० अन्तर्राष्ट्रिय सिरिजः आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

३१ चैत्र, काठमाडौं ।  हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

फाइनल खेल हङकङको मङ कोक क्रिकेट मैदानमा आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।