३१ चैत्र, काठमाडौं । नेकपा एमाले सिरहाको ११औँ अधिवेशनबाट गरिएको नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै एक वडाध्यक्षले पार्टी परित्याग गरेका छन् ।
गोलबजार नगरपालिका ६ का निर्वाचित वडाध्यक्ष सञ्जीव लामाले एमाले परित्याग गरेका हुन् । उनले शनिबार राति फेसबुकमार्फत साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।