३१ चैत्र, काठमाडौं । झापामा आमाको किरिया बसिरहेका एक छोराको निधन भएको छ ।
दमक नगरपालिका–८, लक्ष्मी टोल निवासी ६१ वर्षीय रामप्रसाद संग्रौलाको किरियाकालमै निधन भएको हो । गत आइतबार उनकी आमा तिलामाया संग्रौलाको निधन भएको थियो। मातृशोकमा डुबेका रामप्रसाद किरिया बसिरहेको अवस्थामा बिहीबार राति एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।
हृदयघातका कारण गम्भीर बनेका उनलाई अस्पताल पुर्याइएलगत्तै राति करिब पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक रामप्रसाद संग्रौला झापाका समाजसेवी तथा सम्मानित व्यक्ति थिए। उनका भाइ लक्ष्मीप्रसाद संग्रौला राप्रपा पार्टीका केन्द्रीय सदस्य हुन्।