३१ चैत्र, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।