|  

वीरगन्जमा थपियो कर्फ्यु, राति १२ बजेसम्म जारी रहने

३१ चैत्र, काठमाडौं । पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले शनिबार साँझदेखि लगाएको कर्फ्यु आज राति १२ बजेसम्म जारी रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्याङ्कन गर्दै जारी कर्फ्यु आज मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेको हो ।

बैठकले शनिबार साँझ वीरगञ्जमा भएको घटनाको समीक्षा गर्दै धार्मिक सदभाव भड्किन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको छ ।