|  

रविले थुनामुक्त माग गर्दै दायर गरेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

३१ चैत्र, काठमाडौं ।  रास्वपाका सभापति रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ ।

हाल भैरहवा कारागारमा रहेका लामिछानेले गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा परेको हो । ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ ।