३१ चैत्र, काठमाडौं । दैलेखमा एक किशोरीले भारतमा रहेका केटा साथीलाई देखाउन तीन महिने बालिका चोरेर लगेको खुलेको छ ।
जंगलबाट बच्चासहित पक्राउ परेकी १८ वर्षीया किशोरीले प्रहरीलाई बताएअनुसार भारतमा रहेका आफ्नो केटा साथीलाई देखाउन उनले रातको समयमा बच्चा चोरेकी थिइन्।किशोरी आफ्नै गाउँका एक युवकसँग प्रेममा थिइन्। ती युवक रोजगारीको सिलिसलामा भारतमा छन्।
भारतमा रहेका केटा साथीलाई देखाउनकै लागि उनले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
उनले आफू गर्भवती छु भनेकी थिइन्, बच्चा जन्माएँ भनेर प्रमाणित गर्न उनले बच्चा चोरी गरेको देखिन्छ,’ प्रहरीले भन्यो , ‘बच्चालाई मन पराउने र माया गर्ने गरेको पनि देखिन्छ।’
उनले दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बमबहादुर बुढाकी तीन महिने छोरीलाई बिहीबार बेलुकी ९ बजेतिर घरभित्रै सुतेको समयमा चोरेर लगेकी थिइन्।