|  

टी-२० अन्तर्राष्ट्रिय सिरिजः नेपाललाई हराउँदै कुवेतले जित्याे उपाधि

३१ चैत, काठमाडौं ।  हङकङमा भएको चार राष्ट्र सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाललाई हराउँदै कुवेतले उपाधि चुमेको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको खेलमा कुवेतल नेपाललाई ३ रनले पराजित गरेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा समेटियो । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो । यो जितसँगै कुवेतले सिरिजको उपाधि हात पारेको छ भने नेपाल उपविजेतामै सीमित रहेको छ ।