|  

सरकार र शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता जारी

३१ चैत, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच वार्ता जारी छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महासंघको टोली र शिक्षा मन्त्रालयको टोलीबीच वार्ता भइरहेको हो । गत बिहीबारदेखि सरकार र शिक्षक महासंघबीच वार्ता लगातार चलिरहेको छ । सेवा सुविधाको विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने गर्ने र आगामी अधिवेशनको पहिलो साता नै ऐन सभामा पेस गर्नेगरी सहमतिको प्रयास भइरहेको छ । तर शिक्षक महासंघले ऐन जारी गर्ने सुनिश्चतता खोजीरहेको छ ।