|  

एमालेले वैशाख ११ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

१ बैशाख, काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा भेला हुनेछन् ।  लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्ने हो ।

त्यसमा देशभरका एक लाख युवाहरू सहभागी हुन्छन्’, थेवेले भने, ‘कार्यक्रममा युवाहरूलाई सम्मान गर्ने र स्पेस दिने काम हुन्छ ।’

काठमाडौँको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गरिनेछ ।  युवा उत्सवका नाममा एमालेले युवाहरूलाई काठमाडौँमा बोलाएर शक्ति प्रदर्शन गर्न लागेको हो ।