०१ बैशाख, काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा भएका छन् ।
हिजो बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईहरूलाई इन्स्पेक्टर पदमा बढुवा गर्न सिफारिस गरेको हो । इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत वरिष्ठ सई सुदिप थापा रहेका छन् । यस्तो दोस्रो नम्बरमा इलाका प्रहरी कार्यालय बरेङडाडा बागलुका रवी घिमिरे छन भने तेस्रो नम्बरमा इलाका प्रहरी कार्यालय बाफिकोट पश्चिम रुकुमका फणिन्द्र क्षेत्री छन् ।