१ बैशाख, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन् ।
राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका हुन् ।
नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन,’ पूर्वमन्त्री समेत रहेका बास्कोटाले भने ।काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले राजतन्त्र अब इतिहासको पाना पछाडि नफर्कने बताए ।