|  

‘प्रचण्ड’ लाई सत्ताबाहिरका हरेक दिन कष्टकर बनिरहेकाे एमालेकाे टिप्पणी

०१ बैशाख, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ताबाहिरका हरेक दिन कष्टकर बनेको टिप्पणी गरेका छन् ।

एमाले मुख्यालयमा आज बसेको सचिवालय बैठकपछि सत्ता परिवर्तनबारे प्रचण्डका अभिव्यक्तिमा सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । त्यसको जवाफमा उनले सत्ता परिवर्तनको कुनै बहस र लक्ष्य नभए पनि प्रचण्डका अभिव्यक्तिले उनका सत्ताबाहिरका हरेक दिन कष्टकर भएको बुझ्न सकिने बताए । तर, सत्ता परिवर्तन प्रचण्डको चाहनामा सीमित हुने उनको भनाइ छ ।

सरकार परिवर्तन हुँदैछ भन्ने प्रचण्डको भनाइलाई उनले कांग्रेस-एमालेभित्र अझै खेल्न सकिन्छ कि भन्ने प्रयासका रूपमा अथ्र्याए । मुलुकमा समस्या रहेको स्वीकार गरेका ज्ञवालीले सत्ता परिवर्तन त्यसको समाधान नभएको बताए ।