|  

दक्षिण करियाले थप तीन नेपालीलाई गर्‍यो निष्कासन

०१ बैशाख, काठमाडौं । दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका तीन जना नेपालीलाई निष्कासन गरिएको छ ।

कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरको विमानबाट नेपाल फर्काएको हो । निष्कासनमा पर्नेमा नेपाली, गुरुङ र योगी थरका रहेको स्रोतले जानकारी दिएको छ । उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो ।

यसअघि दक्षिण कोरियाले दुई जनालाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरका रहेका थिए । पछिल्लो समय गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ । अवैधरूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन् ।