|  

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा एमालेको आपत्ति

०१बैशाख, काठमाडौं। नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अझै पनि गल्ती गर्न खोजिरहेको भन्दै उनको सक्रियताप्रति आपत्ति जनाएको छ ।

आज बसेको सचिवालय बैठकमा पूर्वराजाको गतिविधिबारे छलफल हुनुका साथै उनको सक्रियताप्रति आपत्ति जनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘हिजोमात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्त आएको छ, त्यो अभिव्यक्ति हेर्दा अझैपनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ’, उनले भने, ‘त्यो एकदमै गलत कुरा हो ।’

बैठकले यसखालका कुनै पनि क्रियाकलाप नगर्न पूर्वराजालाई सचेत गराएको उनको भनाइ छ।