|  

कैलालीमा सर्पले टोकेर एक बालकको मृ#त्यु

२ बैशाख, काठमाडौं । कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।

नयाँ वर्षको पहिलो दिन सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।