२ बैशाख, काठमाडौं । सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
खाँदबारी नगरपालिका–९ साठीमुरेमा सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन् ।
चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत भएका हुन् ।
घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।