२ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका केही स्थानमा वर्षाको सम्भावना छ ।
दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका एक / दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौंमा पनि आज दिउँसो एक / दुई स्थानमा अपराह्न र साँझतिर हल्का वर्षाको सम्भावना रहेको छ ।