२ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्धको लागि पूर्वराष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् ।
ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, ‘रूस र युक्रेन बीचको युद्ध मेरो होइन, यो बाइडेनको हो ।’ उनले यो युद्धसँग आफ्नो कुनै सरोकार नभएको तर, यो युद्ध अन्त्य गर्न र मृत्यु रोक्न काम गरिरहेको बताएका छन्।
‘राष्ट्रपति जेलेन्स्की र बाइडेनले यो युद्ध शुरू गर्न धेरै नराम्रो भूमिका खेले, यसलाई शुरू हुनबाट रोक्न धेरै तरिकाहरू थिए । तर यो अब भएको छ। अब हामीले यो युद्ध रोक्नु पर्छ र यसलाई छिटो रोक्नु पर्छ,’उनले लेखेका छन् ।