सोमवार ९ बैशाख, २०८२  | Monday 21 April, 2025 

यमनमा अमेरिकी आक्रमणबाट १२३ जनाको मृ#त्यु, २४७ जना घाइते

२ बैशाख, काठमाडौं । अमेरिकाले मार्चको मध्यबाट गरेको आक्रमणबाट यमनमा एक सय २३ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई सय ४७ जना घाइते भएको बताएको छ। घाइते भएका मध्य धेरै जसो महिला तथा बाल बालिका छन् । यमनको स्वास्थ्य मन्त्रालयले सैन्य संरचना ध्वस्त भएको, सेना मारिएको तथा नागरिकमाथि समेत निसाना बनाइएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दैनिक अमेरिकी सेनाले गरेको आक्रमणले हाउथी सैन्य जत्था निर्मूल गरिने बताएका छन् । हाउथीले इजरायलमाथि आक्रमण गर्नुका साथै ब्ल्याक सीमा पनि आक्रमण जारी राखेका कारण अहिलेको समस्या आएको अमेरिकाले जनाएको छ ।

हाउथीले भने प्यालेस्टाइनीमा एकबद्धता जनाउँदै प्यालेस्टाइन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म आक्रमण जारी रहने बताएको हो।