|  

सुनसरीमा दुई समूहबीच गोली हानाहान, २ जना पक्राउ

२ बैशाख, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा सोमबार साँझ गोली आतंक मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट तस्करी गरि ल्याएको सामान बिक्री गरेको हिसाब मिलाउने विषयमा विवाद हुँदा ६ जनाको तस्करहरूको समूहबीच दोहोरो झडप भएको थियो । उनीहरूले एक अर्काविरुद्ध पेस्तोलबाट गोली हानाहान गर्न थालेपछि तीन जना घाइते भएका थिए ।

प्रहरीले गोली हान्ने कार्यमा सम्लग्न देवानगन्ज गाउपालिका–१ का २१ वर्षीय पिन्टु यादव र २७ वर्षीय रबिनकुमार यादवलाई पक्राउ गरेको छ ।पक्राउ परेका दुबै जना गोली काण्डमा परि सामान्य घाइते भएका छन ।

गोली प्रहारबाट देवानगञ्ज गाउँपालिका वडा नं(१ का शिवुकुमार मेहता गम्भीर घाइते भएका छन । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।