२ बैशाख, काठमाडौं । सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो ।
सुडानमा डार्फरको नियन्त्रणको लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ। अप्रिल २०२३ देखि यी दुई बीच सत्ताको लागि रक्तपातपूर्ण संघर्ष भइरहेको छ।