२ बैशाख, काठमाडौं । राप्रपाले काठमाडौंको माइतीघर मण्डलमा गरेको प्रदर्शनको क्रममा समातिएका अमेरिकी नागरिकलाई गृह मन्त्रालयले डिपोर्ट गर्ने निर्णय गरेको छ ।
नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरूद्ध चैत १४ गते राप्रपाले माइतीघरमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिक ५८ वर्षीय जुलियन क्रिपा ब्लिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनीमाथि थप अनुसन्धानको लागि अध्यागमन विभागमा पठाएको थियो । अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरेर अहिले डिपोर्ट गर्ने प्रक्रियामा अघि बढाएको हो । ब्लिसलाई अब दुई वर्ष नेपाल आउन प्रतिबन्ध गरिएको छ।