|  

तोलामा १७०० रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२ बैशाख, काठमाडौं ।  साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १७०० रुपैयाँ घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।