२ बैशाख, काठमाडौं । भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ ।
शव हेर्दा युवती करिब २० की अनुमान गरिएको बताउँदै प्रहरीले शव पहिचान हुन बाँकी रहेको बताएको छ ।
मृतकको शरीरमा दुई वटा गोलीका निशान छन् । पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीको भनाइ छ ।