२ बैशाख, काठमाडौं । धनकुटामा छुरा प्रहारबाट दुई किशोर घाइते भएका छन् ।
धनकुटा नगरपालिका–५ बिहीबारे हाट नजिक सोमबार राति साढे ११ बजे भएको घटनामा स्थानीय १७ वर्षीय आयुष राई र कुशल राईमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । कुशलको टाउको तथा ढाड र आयुषको गर्धन तथा बायाँ पाखुरामा चोट रहेको जनाइएको छ ।
घाइतेमध्ये कुशललाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको छ ।
आयुषको भने जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।घटनामा सम्लग्न धनकुटा–६ नाशल चोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा–७ का १८ वर्षीय लाजीहाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।