|  

प्रचण्डले देउवालाई प्रधानमन्त्रीको पासा फ्याँकेपछि ओली-देउवाबीच एकघण्टा लामाे छलफल

०२ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा एक घण्टा लामो छलफल भएको छ ।

भेटको विषय भने पूर्ण रूपमा बाहिरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले दुई नेताबिच नियमित भेट मात्रै रहेको जानकारी दिएको छ । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवालाई प्रधानमन्त्रीको पासा फ्याँकेर राजनीतिक महोल तरंगित पारेका बेला भएको उनीहरुबीचको भेटलाई महत्वका साथ हेरिएको छ ।  माओवादी अध्यक्ष दाहालले देउवासँग भेट्नका लागि प्रस्ताव गर्दा उनले अस्वीकार गरेका समाचार पनि बाहिरिइसकेका छन्। 

यही बेला गठबन्धनभित्रको अवस्था सामान्य बनाउन प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेको पनि बुझ्न सकिन्छ । छलफलमा सरकारलाई थप प्रभावकारी बनाउन राजनीतिक संयन्त्रलाई सक्रिय बनाउने कुरा पनि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।