०२ बैशाख, काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले पति युवराज श्रेष्ठसँग सम्बन्ध विग्रिएकोबारे स्वीकार गरेकी छन ।
केही समयअघि देखि उनको विवाह पनि संकटमा परेको भन्ने समाचारहरू बाहिर आइरहेको थियो । सो कुरालाई लम्सालले स्वीकारेकी हुन् । विभिन्न अन्तर्वार्तामा अरुणिमाले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेको पनि जानकारी दिएकी छन् । तर पति श्रेष्ठ सम्बन्धविच्छेदका लागि सहमति नभएको उनको भनाई छ । उनले भनिन्, ‘विवाहअघि जे सुनिएको थियो, त्यो सबै राम्रो थियो । तर पछि सबै गलत मात्रै सुनियो । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिङ्गल नै बस्छु भनेर यो निर्णय लिएँ । सम्बन्धविच्छेदको मुद्दा दायर गरेको ७,८ महिना भइसक्यो। तर उहाँले मान्नुभएको छैन। किन मान्नुभएन भन्ने कुरा मलाई थाहा छैन ।’
युवराजले भने अहिलेसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन । २०८१ सालको भदौ ३ गते काठमाडौंको राम मन्दिरमा उनीहरूले धार्मिक विधिअनुसार विवाह गरेका थिए । त्यसअघि सुनसरी जिल्ला अदालतमा कानुनी विवाह गरेका थिए । छोटो समयको चिनजानपछि परिवारको पहलमा भएको यो विवाहको केही दिनमै अरुणिमा अमेरिका फर्किएकी थिइन ।