|  

‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गर्न भियतनामसँग चीनको आग्रह

०२ बैशाख, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङले भियतनामसँग ‘एकपक्षीय हेपाइ’ को प्रतिकार गर्न आग्रह गरेका छन् ।

भियतनाम भ्रमणका क्रममा राष्ट्रपति सीले भियतनामलाई विश्वव्यापी खुला व्यापार प्रणालीलाई कायमै राख्न ‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गर्न आग्रह गरेका हुन । अमेरिकाले चिनियाँ सामानमा अत्यन्त उच्च भन्सार महशुल घोषणा गरेपछि राष्ट्रपति सी अहिले दक्षिणपूर्वी एशियाली मुलुकको भ्रमणमा छन् । विदेश भ्रमणका क्रममा अर्को साम्यवादी मुलुक भियतनाम पुगेका सीले अमेरिकाको नाम नलिई एकपक्षीय हेपाइको प्रतिकार गर्न आग्रह गरेका हुन । भियतनामी कम्युनिष्ट पार्टीका महासचिव टो लामसँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले एकपक्षीय हेपाइको संयुक्त प्रतिकार गर्ने बताएका हुन । उनले भियतनामसँगै कम्बोडिया र मलेशियाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको प्रतिक्रिया दिएका छन । अमेरिकाले चिनियाँ सामानमा १ सय ४५ प्रतिशत भन्सार शुल्कको घोषणा गरेका छन भने चीनले पनि अमेरिकी सामानमा १ सय २५ प्रतिशत भन्सार महशुलको घोषणा गरेको छ ।