|  

ट्रम्पले व्यापार युद्ध चर्काएपछि चीनले रोक्यो बोइङ जहाजको खरिद !

३ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्धले चर्काएपछि चीनले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन आफ्ना एअरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएको छ ।

चीन सरकारले नयाँ जहाजका लागि खरिद सम्झौता मात्रै नभएर पहिल्यै सम्झौता भइसकेका जहाजको पनि डेलिभरी रोकिन सक्ने बताएको छ ।

हवाई जहाजसम्बन्धी कुनै पार्टपुर्जा पनि अमेरिकी कम्पनीहरूसँग नकिन्न पनि चीन सरकारले उर्दी जारी गरेको छ । आफ्नो ७३७ म्याक्स मोडलमा समस्या आएका कारण संकटमा परेको बोइङ कम्पनी चीनले जहाज नकिन्ने भएपछि थप संकटमा परेको छ।

द्रुतगतिमा आर्थिक विकास गरेको र एक अर्बभन्दा बढी जनसंख्या भएको चिनियाँ बजारमा बोइङको पहुँच बन्द भएपछि अमेरिकीले राष्ट्रिय गौरवका रूपमा लिने सो कम्पनीलाई समस्या पर्नेछ।

पहिलो कार्यकालमा पनि चीनसँग व्यापार युद्ध सुरू गरेका ट्रम्पले दोस्रो कार्यकालमा यसलाई झन् धेरै चर्काएका छन्। पहिले ट्रम्पले चिनियाँ उत्पादनमा भन्सार बढाउने अनि चीनले त्यसको जबाफ दिने क्रम पटक पटक हुँदा अब चीनलाई घटीमा १४५ प्रतिशत र अमेरिकालाई १२५ प्रतिशत भन्सार लाग्नेछ।