३ बैशाख, काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बस्दैछ । बैठक आज साँझ बस्ने बताइएको छ ।
सरकारको भविष्यबारे अनेक शंका–उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो ।
समसामयिक विषयमा छलफलसँगै गठबन्धनमा कुनै तिक्तता नभएको सामूहिक सन्देश दिन संयन्त्रको बैठक बोलाइएको स्रोतले जनाएको छ ।