३ बैशाख, काठमाडौं । पौडी खेल्न नारायणी नदीमा गएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका हुन् ।
वेपत्ता भएका बालकहरु एउटै परिवारका दुई भाइका छोरा हुन् । विजयले हालै मात्र एसईई परीक्षा दिएका थिए ।बेपत्ता भएका दुबै बालकका बुबाहरु रोजगारीका क्रममा विदेशमा छन् ।