३ बैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ वर्ष आरम्भ भएसँगै सरकार परिवर्तन हुन्छ भन्ने भ्रामक हल्ला पनि सकिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच हिज बिहानमात्र भेटघाट भएको थियो ।
अबको ध्यान नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला अन्त्य भएको छ, अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ’, उनले लेखेका छन् ।