३ बैशाख, काठमाडौं । गाजामा ६ हप्ता युद्धविरामको बदलामा हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ ।
यो जानकारी एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको बीबीसीले जनाएको छ । इजरायलको योजनाले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाएको उनको भनाइ छ ।
हमासका मुख्य मागहरू पनि यसमा समावेश नभएको उनले बताए । गाजामा इजरायलको सैन्य कारबाही जारी रहेका बेला हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा गर्न भनिएको थियो ।