|  

घट्यो खाने तेलको मूल्य, प्रतिलिटर कति पुग्यो  ? 

३ बैशाख, काठमाडौं ।  स्थानीय बजारमा खाने तेलको मूल्य घटेको छ ।

नेपाल खुद्रा व्यापार संघले १ बैशाखमा सार्वजनिक गरेको खाद्यान्नको खुद्रा मूल्यसूची अनुसार खाने तेलको मूल्य घटेको देखाएको हो । संघको अनुसार सनफ्लावर तेल र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेको छ ।

संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ । बजारमा भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको खाने तेल किन्न पाइन्छ ।

भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।