३ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार दिउँसो २ बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।यस्तै, महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुने स्रोतले जनाएको छ ।