३ बैशाख, काठमाडौं । यू–१९ विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।
मुलपानीको तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो ।हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।नेपालका लागि साहिल पटेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे ।
निरजकुमार यादवले २३ रन बनाए । हङकङका लागि शायान पूरीले १ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ थालेको हङकङ ४६.२ ओभरमा ११५ रन बनाएर अलआउट भएको थियो । हङकङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले ।
उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन जोडे ।नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।