३ बैशाख, काठमाडौं । बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोबारे काठमाडौं महानगरपालिकाले कारबाही अघि बढाएको छ।
बुधबार बिहान ८ बजेको समयमा साइकलमा हिँडिरहेका एकजना कवाडी संकलक लाई लछारपछार गरेको आरोपमा काठमाडौं महानगरपालिकाले कारबाही थालेको हो ।
महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ । कतिजनालाई पदमुक्त गरिएको हो भन्ने कुरा खुलाइएको छैन ।