३ बैशाख, काठमाडौं । १५ दिनदेखि शिक्षकहरूको आन्दोलन जारी छ । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ ।
आन्दोलनमा शिक्षकहरूको सङ्ख्या समेत दिनप्रतिदिन बढ्दै गएको छ । महासङ्घले जिल्ला तथा घरमा रहेका शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ ।