|  

चिनियाँ आयात हुने सबै सामानमा २४५ प्रतिशत कर लगाउने अमेरिकाको घोषणा

३ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनबाट अमेरिका आयात हुने सबै सामानमा २४५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

अमेरिकाले लगाएको आयात करको विरोधमा चीनले प्रतिशोधात्मक कदम चालेपछि अमेरिकाले अर्को घोषणना गरेको हो ।

मंगलबार राति अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको ‘फ्याक्ट सिट’मा २४५ प्रतिशत आयात कर लागु गर्ने घोषणा गरिएको छ । अमेरिकाको पछिल्लो घोषणासँगै दुई देशबीचको तनाव थप बढेको छ ।