३ बैशाख, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका राजेश झा ‘अहिराज’विरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ ।
२०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१–०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा ती युवतीको जाहेरी पुगेपछि अनुसन्धान थालिएको छ ।
उक्त जाहेरीमा डा.झाले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरबाटै शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । १७ वर्ष भनेको कानुनअनुसार नाबालिकमा पर्छ । यदि सहमतिमै शारीरिक सम्बन्ध भएको पुष्टि भए पनि कानुनले बलात्कार ठहर गर्छ ।